देश

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बुधबारको बैठकमा सरकारले यसअघि संसदमा पेस गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि पेस गर्ने कार्यतालिका छ ।

सरकारले आज यसअघि जारी गरिएको भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने भएको हो । सरकारमा रहेका सत्तारूढ दलहरूबिच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भएबमोजिम संसदमा आज यी अध्यादेशहरू स्वीकृतिका लागि पेस हुने भएका हुन् ।

अहिले आकस्मिक समयमा सांसदहरूले आआफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । त्यसपछि शून्य समय प्रारम्भ हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *