राजनीति

काँग्रेसले समाजवाद र प्रजातन्त्रलाई नछोडेको डा. शेखर कोईरालाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोईरालाले नेपाली काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन् ।

आइतवार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कतिपयले काँग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै काँग्रेसले समाजवाद नबिर्सिएकोबताए । उनले कसैले बोलेको भए त्यसलाई मतलव नगर्न आग्रह गरे । उनले कहिले कहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए ।

उनले भने,‘कति साथीहरुले भन्नुहुन्छ, नेपाली काँग्रेसले समाजवाद बिर्सियो । छोड्यो भनेर । होइन । कुनै हाम्रै साथीहरुले बोल्नुभएको छ भने त्यसालाई इग्नोर गर्नुस् । कहिले कहीँ राजनीतिमा इग्नोर पनि गर्नुपर्छ । तर नेपाली काँग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रका कुराहरुलाई हामीले छोडेका छैनौँ ।’

सांसद कोईरालाले सामाजिक सुरक्षालाई नेपाली काँग्रेसले बढाइराखेको पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *