देश

७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न कांग्रेस सांसद खतिवडाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले राष्ट्रिय परिचयपत्र लागू गर्ने भए घरघरमै गएर दिने व्यवस्था मिलाउन माग गरे ।

‘अहिले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र लागू गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र लागू नगरियोस् । यो लागू गर्ने अवस्था भयो भने प्रत्येक पालिकाको वडामा नै दिने व्यवस्था र सम्बन्धित वडाले घरघरमा गएर दिने व्यवस्था सरकारले गरोस्,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *