राजनीति

रवि लामिछाने काठमाडौं जिल्ला अदालत उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आज (मंगलबार) लामिछाने काठमाडौं जिल्ला अदालतमा पहिलो तारेखका लागि उपस्थित भएका हुन् । रवि पत्नी निकिता पौडेलसहित अदालत उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *