देश

एक सदनका सांसदलाई अर्को सदनले खेद प्रश्ताव पारित गर्नु दुःखद् छः सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रश्ताव पारित गर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै पन्तले दुई सदन (प्रतिनिधि र राष्ट्रियसभा) को बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि बताए ।

पन्तले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गरे । राष्ट्रिय सभा भनेको वृद्धाश्रम नभएको पनि सांसद पन्तको भनाई छ ।

राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने पन्तले बताए । पन्तले दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम गर्न नहुने र एकले अर्कोलाई सम्मान गर्नुपर्ने बताए । केही दिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर(ज्ञानेन्द्र) शाहीले राष्ट्रिय सभालाई केही दिनको पाहुना र वृद्धाश्रमको संज्ञा दिएका थिए ।आइतबार बसेको राष्ट्रिय सभाको बैठकले शाहीको अभिव्यक्तिप्रति खेद प्रस्ताव पारित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *