काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काँग्रेसको महाधिवेशन ०८४ पछि गरेर पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ भन्दा पछाडि अधिवेशन गर्दा पार्टीको वैधानिक संकट पैदा हुने बताए । उनले कुनैपनि तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि अधिवेशन सम्पन्न हुनु नै सबैभन्दा राम्रो रहेको बताए । उनले ०८४ मा अधिवेशन पु¥याउने अधिकार कसैलाई नरहेको बताए । काँग्रेस अहिलेका नेताहरु मात्रै सत्तामा बस्नको लागि नबनेको बताए । काँग्रेस पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा सधैँ स्थापित हुनुपर्ने बताए ।
मन्त्री पौडेलले भने , ‘अब अधिवेशनको सन्दर्भमा ०८४ भन्दा पछाडि अधिवेशन ग¥यौँ भने पार्टीको वैधानिक संकट हुने स्थिति हुन्छ । पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई पनि छैन । हुनसक्छ कुनैपनि तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि अधिवेशन भएको सबैभन्दा राम्रो हो । ०८४ अधिवेशन पु¥याउने अधिकार कसैलाई छैन । यो पार्टी हामी मात्रै सत्तामा बस्नका लागि होइन । पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा सधैँ स्थापित हुनुपर्छ । ०८३ सालभित्रै अधिवेशन हुन्छ ।’
मन्त्री पौडेलले नेपाली काँग्रेस नेपाली राजनीतिको विश्वविद्यालय भएको बताए ।




