काठमाडौं ।नेपाली कांग्रेसका नेता र पूर्वमन्त्री एनपी साउदले अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत रहेको बताएका छन्। सोमबार गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यसो भने कांग्रेसको मूल्य, मान्यता र पद्धति अध्यादेशमार्फत शासन चलाउनेमा विश्वास नगर्ने बताए।
साउदका अनुसार, कांग्रेसले दुई दलीय शासन व्यवस्था र राष्ट्रपतीय शासन पद्धति स्वीकार्दैन। उनले भने, “हाम्रो मूल्य, पद्धति भनेको अध्यादेशबाट शासन चलाउने होइन, अध्यादेशको माध्यमबाट सुशासन दिने होइन। हाम्रो पद्धति भनेको, अधिवेशनको बीचमा अत्यन्त जरुरी परे मात्र अध्यादेश ल्याउने हो, तर सामान्य अवस्थामा संसदबाटै कानुन बनाउनुपर्छ।”
साउदले पार्टीका केही जिम्मेवार साथीहरुले आर्थिक प्रगति र सुशासनका लागि अध्यादेश ल्याएको भन्दै यसको बचाउ गरेका छन्, तर उनले भने, “सुशासन र आर्थिक प्रगतिको लागि अध्यादेश होइन, संसदबाट नियमित प्रक्रियामा कानुन बनाउनुपर्छ। कानुनको बाटोबाट मात्र यी लक्ष्यहरू प्राप्त गर्न सकिन्छ।”




