राजनीति

प्रधानमन्त्री ओलीमाथि लगाएका आरोप पुष्टि गर्न प्रचण्डलाई चुनौती

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माफी माग्न चेतावनी दिएका छन् ।

संसद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत आरोप लगाएको भन्दै मन्त्री पौडेलले प्रचण्डलाई संसदको रोष्टमबाट माफी माग्न आग्रह गरेका हुन् ।

कपोकल्पित आरोप लगाएको भन्दै पौडेलले आरोप लगाएर मात्र नहुने भन्दै यसलाई पुष्टि गर्न चुनौती दिएका थिए । उनले प्रचण्डले लगाएका आरोप पुष्टि हुननसक्ने भन्दै प्रचण्डले संसदको रोष्टममै आएर माफी माग्नुपर्ने बताएका थिए ।

प्रचण्डले विहिबारको संसदको बैठकमा बोल्दै ओली नेतृत्वको सरकारले आफुले शुरु गरेका फाइल खेल्ने काम बन्द गरेको आरोप लगाउदै बिचौलियालाई पोसेको आरोप लगाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *