राजनीति

कांग्रेसको तराई–मधेश समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले तराई–मधेश समन्वय विभागमा १० जना सदस्य मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा मनोनयन गरेका हुन् ।

सोमबार थपिएका सदस्यहरुमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहामा अरूण कुमार सिंह, रौतहट रामकृपाल यादव, काठमाडौंकी दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरीलाई मनोनित गरिएको छ ।

कांग्रेसले ५६ विभागका प्रमुख तोकेको छ। विभाग प्रमुख तोकिए पनि कतिपयमा भने सदस्य थपिएको छैन । विधान अनुसार प्रमुख सहित ५१ जना प्रत्येक विभागमा राख्न सकिने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *