काठमाडौं । दुई जिल्ला अदालतको आदेशमा एक करोड २५ लाख धरौटी बुझाएर रिह भएका पाँच जिल्लामा सहकारीको रकम हिनामिनाका आरोपित पूर्वगृहमन्त्री तथा रास्वपा निलम्बित सभापति रवि लामिछाने बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा अभियोजन पत्र दायर भएपछि बयानका लागि अदालतमा हाजिर भएका छन् ।
रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार सो सहकारी ठगी प्रकरणमा बयान दिनका लागि लामिछाने मंगलबार अपराह्न भैरहवा एयरपोर्ट हुँदै जिल्ला अदालतमा रुपन्देहीमा हाजिर भएका हुन् । आइतबार गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको हो । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ । प्रहरीको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले झन्डै दर्जन तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो ।
यसअघिको प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत वैशाख ३ मा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । उक्त अवधिमा पूर्वप्रधानमन्त्ती तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनको संरक्षण गरेका थिए ।
प्रचण्डले देशमा देखा परेको सहकारी ठगी प्रकरणमा सोही अवधिमा अनुसन्धान बढाएको भए अहिलेसम्म सहकारी ठगी प्रकरणमा पूर्णरुपमा छानबिन भइसक्थ्यो । तर भ्रष्ट्राचार नियन्त्रण गर्न बनेको सरकार भन्दै प्रचण्डले गैरकानुनी कार्यमा संलग्नमाथि अनुसन्धान नै अगाडी बढाउन चाहेको थिएन् । तर कांग्रेस एमालेको सरकार गठन भएपछि सो मुद्धामा अनुसन्धान अगाडी बढाइएको हो । प्रचण्डलाई अझै पनि लामिछानेमाथि सरकारले गरेको अनुसन्धानमा रिस उठेको छ । सोही कारण अझै पनि लामिछानेको पक्षमा लभिङ गरिरहेका छन् ।
जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीबी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको जानकारी दिइन् । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ, तीमध्ये पूरक अभियोगमा रवि, छवि र लक्ष्मीप्रसाद पौडेलसहित १४ जना नयाँ र बाँकी ८ जना सुरु प्रतिवादीमध्येकालाई थप कसुरसहित बिगो माग गरिएको छ ।
सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकालाई नयाँ मुद्धामा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ । सरकारी वकिलको कार्यालयले थप कसुर र बिगोसहितको १७ जनाविरुद्धको मुद्दा बिहीबारै अदालत लगेको थियो । लामिछानेसहितको पूरक अभियोजन आइतबार मात्र अदालत पठाएको हो । थप अभियोगको फाइल बिहीबारदेखि आइतबारसम्म रुजु गरेको अदालतले पूरक अभियोजन फाइल भने तीन घण्टामै रुजु गरेर दर्ता गरेको हो ।
यसअघि अदालतले सुरु मुद्दाको फाइल सर्वोच्चबाट फिर्ता आउन ढिलाइ भएको र त्यससँग रुजु गर्न नपाएको भन्दै मुद्दा दर्ता गरेको थिएन । प्रहरी अनुसन्धानका अनुसार सुप्रिम सहकारीका १ हजार ८७२ जनाको जाहेरीका आधारमा अभियोजन गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । सुप्रिम सहकारीका १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको यो अनुसन्धानमा देखाइएको छ ।




