काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने समवाधिभर बिदामा नबस्न सबै विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवम् राजस्व हेर्ने कर्मचारीहरूलाई निर्देशन दिएको छ ।
बुधबार प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले एक सूचना जारी गर्दै महालेखा परीक्षकको कार्यालयले अडिट गर्ने समयावधिमा बिदामा बस्न नसकिने भन्दै यस्तो निर्देशन दिएका हुन् ।