देश

भलुवाडाँडामा आगलागी हुँदा १५ लाखको क्षति

स्याङ्जा । गएराति स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडामा आगलागी भएको छ ।

भलुवाडाँडा बस्ने ८१ वर्षीय बेलनारायण श्रेष्ठको ढुङ्गा तथा माटोले बनेको कच्ची घर र गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेशलाल श्रेष्ठले बताए ।

गएराति श्रेष्ठको एकतले कच्ची गोठबाट शुरु भएको आगोले निजकै कच्ची दुईतले घर र गोठमा क्षति पुगेको छ । विद्युत् सर्ट भई आगलागी भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रहरी र स्थानीयले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट दुईतले कच्ची घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । रातिको समयमा अकस्मात घर जल्दा भित्रै रहेको एक लाख ३० हजार नगद, सुन सात तोला, भाँडावर्तन, लत्ताकपडा गरी १५ लाख बराबरको क्षति भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *