इरानका सर्वोच्च नेता खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईलाई उदृत गर्दै इरानको अधिकार पूर्ण सुरक्षित नभए सम्म स्ट्रेट अफ होर्मुजबाट पछि नहट्ने इरानी मिडियाले जनाएका छन् । इरानी बन्दरगाहहरूमा सैनिक नाकाबंदी गरे पछि अमेरिकालाई कडा चेतावनी दिदै यस्तो बताएको मिडियाले जनाएका छन् ।
मिडियाका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का पूर्व कमान्डर समेत रहेका सल्लाहकार, रेजाईले इरानको जलमार्गलाई आर्थिक र समुद्री गतिविधिमा प्रतिबन्धमा नियन्त्रण कायम राख्ने बताउनु भएको छ ।
आफ्नो अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म इरानले स्ट्रेट अफ होर्मुज नछोड्ने उल्लेख गर्दै उहाँले विगतको वार्ताका विषयमा ध्यान केन्द्रित गर्दै सम्झौताहरू थप सावधानीपूर्वक मस्यौदा बनाउनु पर्ने बताउनु भएको छ
।
पछिल्लो समयमा होर्मुजको जलक्षेत्र इरान र अमेरिका बीच चलिरहेको द्वन्द्वको केन्द्रबिन्दु बनेको छ ।
संयुक्त राज्य अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबंदी कार्यान्वयन गरिएको बुधबार घोषणा गर्दै, अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज लगायत प्रमुख क्षेत्रीय जलमार्गहरूमा अवरोध सिर्जना गरेको छ ।
सेन्टकमका कमाण्डर एडमिरल ब्राड कुपरले विज्ञप्ति जारी गर्दै अपरेसन सुरु भएको ३६ घण्टा भित्रै अमेरिकी सेनाले इरानमा प्रवेश गर्ने बताउनु भएको छ ।




