देश

उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने सभापति देउवाको प्रस्ताव कांग्रेस बैठकद्धारा अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुमोदन गरेको छ ।

पार्टीको कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्ताव अनुमोदन गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका श्रेष्ठलाई देउवाले यसअघि नै रिक्त कोषाध्यक्षमा मनोनीत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *