राजनीति

कीर्तिपुरमा कांग्रेसलाई पछ्याउँदै एमाले,पछिपछि माओवादी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको नगर प्रमुख (मेयर) मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । आइतबार यहाँ उपनिर्वाचन भएको थियो । यहाँका ५ वटा वडामा मतगणना सकिएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले बताइन् ।

अहिलेसम्मको गणना अनुसार कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । कीर्तिपुरको प्रतिस्पर्धालाई दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

आयोगको पछिल्लो अपडेट अनुसार कांग्रेसका डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन् ।

मानन्धरले अहिलेसम्म २ हजार ३ सय ८४ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनले २ हजार १ सय १ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार १ सय १३ मतसहित चौथो स्थानमा छन् । कीर्तिपुरमा खसेको मध्ये ११ हजार १४ मत सदर भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *