देश

गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नति

बागलुङ । एघार किलोमिटर गलकोट– ताराखोला–म्याग्दी सडक स्तरोन्नति सँगै धमाधम कालोपत्र भइरहेको छ । त्यसैगरी, ८ करोड ६० लाखको लागतमा तीन किलोमिटर खण्डमा स्तरोन्नति सहित कालोपत्र गरिने छ । यो बाटोको काम पनि जारी छ ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुजन देवकोटाका अनुसार सडक चौडा गर्ने तथा कालोपत्र बिछ्याउने काम जारी छ । हाल सम्म पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।

यसै वर्ष भित्र बाँकी काम सम्पन्न गर्ने लक्ष्य छ । चौध किलोमिटर लामो गलकोट–ताराखोला–म्याग्दी सडक कालोपत्र भएपछि गलकोट देखि रुम सम्मको आवागमन सहज हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *