जलश्रोत/उर्जा

टीओडी मिटरको आधारमा उद्योगीको विद्युत बक्यौताको हिसाब गरिँदै

काठमाडौँ । उद्योगीको बक्योताको टाइम अफ डे (टीओडी) मिटर समेतको आधारमा प्रशासनिक तथा प्राविधिक हिसाब गर्न सुरु भएको छ ।

विद्युत महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसाबले आवश्यक जाँच गरी टीओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न प्रा. डा. अरविन्दकुमार मिश्रको संयोजकत्वमा गठन भएको समितिले हिजोबाट काम थालेको हो ।

सो समितिले नेपाल विद्युत प्राधिकरणले उद्योगलाई पठाएको बिल टीओडी मिटर अनुसार छ कि छैन भनेर अध्ययन गर्नेछ । भने, प्राधिकरणले उद्योगबाट डेडिकेटेड तथा टंक लाइको उठाउन पर्ने भनेको बक्यौताको पनि टीओडी मिटर अनुसार प्रशासनिक तथा प्राविधिक हिसाब गर्ने छ ।

२०७२ माघ देखि २०७५ वैशाखसम्म डेडिकेटेड र टंक लाइनको हिसाब गर्ने छ । विद्युत बक्यौता महसुल रकमका सम्बन्धमा जाँचवुझ गरी प्रतिवेदन पेश हुने छ ।

समितिले लालको प्रतिवेदनअनुसार नै हिसाब गर्ने बताइएको छ । हिसाब गर्ने समितिको कार्यालय जल तथा मौसम विज्ञान विभाग ७औँ तलामा रहेको छ ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारले टीओडी मिटरअनुसार उद्योगीलाई १५ दिन भित्र बिल दिने र बाँकी बक्यौता उठाउने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *