देश

धर्मका नाममा राजनीति गर्न हुँदैन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताएका हुन् ।

“नेपालमा एकातिर हिन्दूू राज्य हुनुुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ”, प्रधानमन्त्री ओली भन्छन्, “यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं ।”

कुनैपनि धर्मका नाममा असहिष्णुता र सक्ङीर्णता राख्न नहुने बताउँदै उनले कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा भएको र त्यसको सबैले सम्मान गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *