राजनीति

अर्थमन्त्री पौडेल आजराती अमेरिका प्रस्थान गर्दै 

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै छन् ।

अर्थमन्त्रीले अमेरिकाको डिसी र न्यूयोर्कमा रहँदा द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *