विश्व

लेबनान र गाजामाथि इजरायली सेनाको आक्रमण : ५० बढीको मृत्यु

काठमाडौं । इजरायली सेनाले उत्तरी लेबनानमा गरेको आक्रमणमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ ।लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उत्तरी लेबनानमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी ८ जना घाइते भएका छन् ।

लेबनानले गरेको आक्रमणमा ४ इजरायली सेनाको मृत्यु भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानको हरेक क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएका थिए । उनको चेतावनी लगतै इजरायली सेनाले आक्रमण गरेको हो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनामा इजरायलले गरेको आक्रमणमा परी १ हजार ७ सय जनाको मृत्यु भएको छ । यसैबीच, इजरायली सेनाले गाजामा गरेको आक्रमणमा परी २९ जनाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *