देश

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *