विश्व

राष्ट्रपति बाइडेनको आदेश : इरानको आक्रमणबाट इजरायललाई जोगाऊ

काठमाडौं । इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई जोगाउन अमेरिकी सेनालाई आदेश दिएका छन् ।

इरानी आक्रमणबाट जोगाउन र इजरायलतर्फ प्रहार गरिएका मिसाइलहरू खसाल्न बाइडेनले अमेरिकी सेनालाई आदेश दिएका हुन् । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इरानले गरेको आक्रमणको निगरानी गरिरहेका ह्वाइट हाउसले जनाएको छ ।

इरानले इजरायलमा मंगलबार राति १० बजे मिसायल प्रहार गरेको इजरायली सेनाले पुष्टी गरेको थियो । इरानले इजरायलमा आक्रमणको तयारी गरेको सूचना अमेरिकाले सार्वजानिक गरेको थियो । इरानको उक्त तयारीलगतै अमेरिकाले इरानले इजरायलमा आक्रमण गरेमा त्यसको परिणाम गम्भिर हुने बताएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *