विश्व

१०० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाबी

मस्को। रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “करिब १२५ युक्रेनी ड्रोन रुसी हवाई रक्षा प्रणालीद्वारा नष्ट गरिएको छ,” मन्त्रालयले टेलिग्राममा भनेको छ ।

दक्षिणी रूसको भोल्गोग्राद क्षेत्रमा ६७ वटा ड्रोन नष्ट गरिएको गभर्नर आन्द्रे बोचारोभले बताए ।

त्यसैगरी, बेलगोरोड क्षेत्रमा १७ र भोरोनेज क्षेत्रमा १७ वटा ड्रोन नष्ट गरिएको गभर्नर अलेक्सान्डर गुसेभले बताए । भोरोनेज सहर र यसको उपनगरमा ड्रोन खस्दा दुई आवासीय भवनमा आगलागी भएको तर कुनै हताहती नभएको उनले बताएको छ ।

रोस्तोभ क्षेत्रमा थप १८ वटा ड्रोनहरू नष्ट गरिएको गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताए ।

ब्रायन्स्क, कुस्र्क र क्रास्नोडार क्षेत्रमा एक÷एक युक्रेनी ड्रोन नष्ट गरिएको र आजभ सागरमा तीन ड्रोन नष्ट गरिएको रक्षा मन्त्रालयले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *