विश्व

हमासका कमाण्डर वासेम हेजमसहित चार लडाकू मारेको इजरायलको दाबी

काठमाडौं । इजरायली डिफेन्स फोर्स-आईडीएफले वेस्ट बैंकको जेनिनमा आक्रमण गर्दा प्यालेस्टिनी लडाकु समूह हमासका प्रमुख कमाण्डर मारिएको दाबी गरेको छ ।

वेस्ट बैंकमा संयुक्त अभियान अन्तर्गत हमासका प्रमुख कमाण्डर वासेम हेजम सँगै चार अन्य लडाकुलाई मारेको दाबी इजरायलले गरेको हो । कमाण्डर हेजम आफ्ना सहयोगीसँग गइरहेको बेला इजरायली सेनाले उनको गाडीलक्षित आक्रमण गरेको बताइएको छ ।

इजरायली सैन्य स्रोतले कमाण्डर हेजम इजरायलविरुद्ध आंतककारी गतिविधिमा संलग्न रहेको तथा इजरायलमा बमबारीको योजना बनाइरहेको दाबी गरेको छ । यसैबीच इजरायली सेनाले मध्य गाजाको एक अपार्टमेन्टमा आक्रमण गर्दा एकै परिवारका पाँच बालबालिका र २ महिलासहित ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उता, दुवै पक्षबीच गाजा पट्टीका लगभग ६ लाख ४० हजार बालबालिकालाई पोलियो खोप खुवाउन, क्षेत्रगत रुपमा गरी तीन दिनका लागि, सीमीत संघर्ष बिराम गर्न सहमति भएको छ । पोलियो अभियान भने आइतबार देखि सञ्चालनमा आउने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *