विश्व

नाटो प्रमुखद्वारा रूसको कुर्कुसमा भएको युक्रेनी आक्रमणको समर्थन

नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गले रूसको कुर्कुस क्षेत्रमा भएको युक्रेनी आक्रमण युक्रेनको आत्मरक्षा लागि भएको जनाउदै युक्रेनलाई सीमा क्षेत्रमा आक्रमण गर्ने पूर्ण अधिकार रहेको बताउनु भएको छ ।

जर्मन अखबार डी वेल्टसँगको शनिबार प्रकाशित कुराकानीमा उहाँले यक्रेनलाई अन्तर्राष्ट्रिय कानून अनुसार आफ्नो रक्षा गर्ने अधिकार रहेको उल्लेख गर्नु भएको हो ।

आक्रमणले किएभका सहयोगीको पनि ध्याानकर्षण गरेको उल्लेख गर्दै, स्टोल्टेनबर्गले यसमा पश्चिमी सैन्य गठबन्धनले कुनै भूमिका नखेलेको जनाउनु भएको छ ।

स्टोल्टेनबर्गले युक्रेनको युरोपेली सैन्य उपकरणदाता तथा जर्मनीको प्रतिबद्धतालाई स्वागत गर्दै बर्लिनले अर्को वर्षको बजेटमा किएभलाई सहयोग गर्ने तयारी गरिरहेको बताउनु भयो ।

जर्मनीले युक्रेनलाइ आवाश्यक सैन्य उपकरण सहयोग निरन्तर जारी राख्ने निर्णय सार्वजनिक गर्दा चान्सलर ओलाफ स्कोल्जको सरकार गत हप्ता कडा आलोचनामा परेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *