राजनीति

भारत भ्रमणबारे ब्रिफिङमा परराष्ट्रमन्त्री देउवा : कांग्रेस र एमालेको संयुक्त सरकारप्रति भारतको सकरात्मक सन्देश

काठमाडौं । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गराउँदै कांग्रेस र एमाले मिलेर बनेको संयुक्त सरकारका बारेमा भारतले सकरात्मक सन्देश दिएको बताएकी छिन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् । परराष्ट्रमन्त्री देउवाले भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदी नेपाल आउने बताइन् । यस्तै उनले भारतीय पक्षसँग टीआरसीका लागि सहयोग मागेको समेत बताइन् । भारतले नेपालको समग्र बिकासमा सक्दो सहयोग गर्ने प्रतिक्रिया दिएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *