देश

सहकारी प्रकरण: गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग समितिले लियो बयान

काठमाडौं ।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिइरहेको छ। समितिले बिहान ११ बजे पछि जोशीलाई समितिमा बोलाएको थियो ।

समितिले आजै पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिँदैछ। लामिछानेलाई आज दिउँसो २ बजे बयान लिने समितिको तयारी छ ।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई भने अझै फरार छन्। उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *