विश्व

राजनीतिक उथलपुथलपछि बन्द बंगलादेशी कपडा कारखानाले फेरि थाले उत्पादन

बंगलादेश । राजनीतिक उथलपुथलपछि बङ्गलादेशका कपडा र गार्मेन्ट कारखानाहरू विस्तारै सञ्चालनमा आएका छन् । गार्मेन्ट उद्योग २०२३ मा बङ्गलादेशको कुल निर्यात व्यापारको ८५ प्रतिशत हिस्सा ओगटेको राष्ट्रिय अर्थतन्त्रको स्तम्भ हो । यो देश विश्वव्यापी परिधान आपूर्ति शृङ्खलाको एक प्रमुख हिस्सा पनि हो ।

गत वर्ष लगभग ४७ अर्ब अमेरिकी डलर बराबरको कपडा निर्यात गरेको थियो । पोलो सर्ट, ज्याकेट, बक्सर, टी–सर्ट लगायतका विभिन्न वस्तुहरू उत्पादन गर्ने गरेको व्यापारीहरु बताउँछन् । सबै कच्चा पदार्थहरू चीनबाट आयात गर्ने गरेको उनीहरुको भनाइ छ । सरकार परिवर्तनपछि बङ्गलादेशको अवस्था समस्याग्रस्त रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *