मुख्य समाचार

प्रचण्डले गर्दा माधव नेपाल प्रधानमन्त्री बन्न पाउनुभएनः गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारण नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–माओवादीसहितको सरकार हुँदा प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल र त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको स्मरण गराए । उक्त सहमतिमा प्रचण्ड इमानदार हुन नसकेको उनको भनाइ छ ।

अहिलेको सरकार कांग्रेसले चाहेर र बेइमान भएर नबनेको उनको भनाइ छ । कांग्रेससँगको गठबन्धन छाडेर प्रचण्ड एमालेसँग मिल्न जाँदा पनि आफूहरु बलियो प्रतिपक्षमा बसेको उनले बताए । कांग्रेस–एमालेको गठबन्धनमा यसअघि बनेको सरकारबारे स्मरण गराउँदै उनले यसपटक बनेको सरकारले पनि देशमा राजनीतिक स्थायित्व र सुशासन दिने बताए । अहिलेसम्म कांग्रेस र एमालेको गठबन्धनको सरकारले जे भनेर बनेको हो सोही काम गर्दै आएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *