देश

सिन्धुपाल्चोकमा सुख्खा पहिरोले इन्द्रावती थुनियो, तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ मा सुक्खा पहिरो खसेर इन्द्रावती नदी थुनिएको छ । तपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुक्खा पहिरोले नदी थुनिएपछि तीन वटा पालिकाका १० वटा वडावासीहरू जोखिममा परेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार जोखिममा परेको अस्पतालका सामग्री र स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ । सेनाको ईन्द्रध्वज गणबाट खटिएको फौजले अहिले त्यहाँका स्थानीयलाई सुरक्षित गन्तव्यमा सार्ने काम गरिरहेको छ ।

थुनिएको नदी एक्कासी बग्न थालेमा बाढी आउन सक्ने हुँदा स्थानीय प्रशासनले पाँचपोखरी थाङपाल गाउँपालिका–७, ८, मेलम्ची नगरपालिका – ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका –१०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन सूचना जारी गरेको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *