विश्व

पाकिस्तानका पूर्व गुप्तचर प्रमुख हमिद सैन्य हिरासतमा

इस्लामाबाद। जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका पाकिस्तानका पूर्व गुप्तचर प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिदलाई सैन्य हिरासतमा लिइएको पाकिस्तानी सेनाले २०८१ साउन २८ गते सोमबार घोषणा गरेको छ ।

गत वर्ष प्रकाशित सर्वोच्च अदालतको दस्तावेजअनुसार सन् २०२२ डिसेम्बरमा पद त्यागेका हमिदमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको र निजी आवास डेभलपरको व्यवसायमा छापा मारेको आरोप लगाइएको थियो । त्यसबेला अदालतले डेभलपरलाई आफ्नो उजुरी रक्षा मन्त्रालयमा लैजान आदेश दिएको थियो ।



“पाकिस्तानको सर्वोच्च अदालतको आदेशको पालना गर्दै पाकिस्तानी सेनाले विस्तृत छानबिन गरेको थियो । फलस्वरूप, लेफ्टिनेन्ट जनरल फैज हमिद (सेवानिवृत्त) विरुद्ध उपयुक्त अनुशासनात्मक कारबाही सुरु गरिएको छ”, पाकिस्तानी  सेनाको मिडिया शाखाले विज्ञप्तिमा जारी गर्दै भनेको छ ।



विज्ञप्तिमा कोर्ट मार्शलको प्रक्रिया सुरु गरिएको र हमिदलाई सैन्य हिरासतमा राखिएको उल्लेख छ । हमिदको सेवानिवृत्तिपछि पाकिस्तान सेनाको ऐनका ‘उल्लङ्घनका धेरै उदाहरण’ पनि ‘स्थापित’ भएको विज्ञप्तिमा बताइएको छ



उहाँ अविश्वासको मतमा केही शीर्ष अधिकारीहरूको समर्थन गुमाएर सत्ताबाट हटाइएका पूर्वप्रधानमन्त्री खानका कडा समर्थक रहनुभएको विश्लेषकहरूले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *