विश्व

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । उनी रुकुम बाफीकोटका भएको जनाइएको छ ।

स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो । घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *