देश

द द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेर निधन

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ। पारिवारीक स्रोतका अनुसार ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको हो ।

उक्त अस्पतालमा दुई महिनोखि उनले निमोनिया र बाथरोगको उपचार गराइरहेकी थिइन् । स्वर्गीय श्रेष्ठ १ छोरी र दुई नातिसँग बस्दै आएकी थिइन् । उनका श्रीमान् द्वारिकादास श्रेष्ठको सपना पूरा गर्नकै लागि उनले द्वारिकाज होटल सञ्चालनमा ल्याएकी थिइन्। सन् १९६४ बाटै भवन निर्माण गर्न थाले पनि सन् १९७७ मा द्वारिकाज होटल दर्ता गरेकी थिइन्।

उनी गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थिइन्। महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत रहेकी थिइन्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *