विश्व

चीनको सपिङ्ग सेन्टरमा आगलागी हुँदा १६ जनाको मत्यु

काठमाडौं । चीनको एक सपिङ्ग सेन्टरमा आगलागी हुँदा १६ जनाको मत्यु भएको छ । बीबीसीका अनुसार शिन्हुआन प्रान्तस्थित १४ तल्ले भवनमा रहेको सपिङ्ग सेन्टरमा आगलागी भएको हो ।

बुधवार साँझ भएको आगलागीबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको प्रहरीले बताएको छ । हालसम्म आगलागीको कारण भने खुलाइएको छैन । तर, भवनमा भइरहेको निर्माण कार्यका कारण विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *