राजनीति

सांसद दुर्लभ थापालाई मातृशोक

भक्तपुर । भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ ।

सांसद थापाकी आमा ८३ वर्षीया अम्बिका थापाको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव सुशील बस्नेतले जानकारी दिए । लामो समयदेखि दम तथा निमोनियाको उपचार गराइरहेकी उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

आर्यघाटमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू पूर्णबहादर खड्का,महामन्त्री गगन थापालगायत केन्द्रीय नेताले श्रद्धाञ्जलि अर्पण गरेको कांग्रेस सचिव बस्नेतले जानकारी दिए । स्वर्गीय थापाको तीन छोरा र एक छोरी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *