
काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।
असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।
केन्द्रीय समितिले केन्द्रीय सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको सचिव अनिताकुमारी मण्डलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निलम्बनमा पर्नेमा सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती पनि छन् । त्यस्तै पूर्वमिर्चैया नगर सचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई पार्टीले निलम्बन गरेको छ ।
उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ । व्यवहार सुधार देखाए फुकुवा गर्ने, नभए थप कारबाही गर्ने जनमतले बताएको छ ।
