काठमाडौं । इजरायली आक्रमण्मा परी थप ३८ जनाको मृत्यु भएको छ । हमास सञ्चालित स्वास्थ्य विभागका अनुसार शनिवार इजरायलले गरेको दुई हवाई आक्रमणमा परी हमासका एक वरिष्ठ कमाण्डरसहित ३८ जनाको मृत्यु भएको हो ।
बीबीसीका अनुसार इजरायली सेना (आईडीएफ) ले हमासको सैन्य प्रतिष्ठानलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । जसमा हमासको वरिष्ठ सदस्य एवं अल जमाल अल इस्लामियाका सदस्य मारिएको इजरायली सेनाले दावी गरेको छ । हमासले पछिल्लो समय गाजाको दक्षिणी क्षेत्रमा रहेको शरणार्थी शिविरलाई लक्षित गरी आक्रमण तीव्र बनाएको छ ।
उक्त आक्रमणको क्रममा दैनिक ३० देखि ५० जनाको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाउँदै आएका छन् ।
हमासले उत्तरी इजरायलमाथि गत वर्षको अक्टुबर ७ मा आक्रमण गरेपछि इजरायलले त्यसको जवाफी कारबाही गर्दै आएको छ । जमास हालसम्म ३८ हजारभन्दा बढी मारिएका छन् । जसमा सबैभन्दा धेरै महिला र बालबालिका रहेका छन् ।




