विश्व

उत्तर कोरियाली सैनिकले सीमा पार प्रयास गर्दा सियोलको चेतावनी गोली

सियोल (दक्षिणकोरिया)। उत्तर कोरियाका दर्जनौँ सैनिकहरूले मङ्लबार कडा किल्लाको सीमा पारको प्रयास गर्दा चेतावनी पुर्ण गोली चलाइए पछि पछाडी हटेको, सियोलले जनाएको छ । प्योङयाङले दक्षिणसँगको आफ्नो सीमालाई बलियो बनाएको दुई हप्तामा भएको यो दोस्रो घटना हो ।

सीमा नजिकैको विस्फोटले धेरै उत्तर कोरियाली सैनिकलाईसमेत घाइते बनाएको जोइन्ट चिफ अफ स्टाफले जनाए । प्योङयाङले हालै दुई कोरियाबिचको सम्बन्ध खस्किएपछि झाडी सफा गर्न थता बारुती सुरुङहरु बिछ्याउन सेना तैनाथ गरेको थियो ।

दुई देशहरू प्राविधिक रूपमा युद्धमा रहदा १९५०–१९५३ को द्वन्द्व एक युद्धविराम पछि समाप्त भयो । तर उत्तर कोरियाले प्रायद्वीप विभाजनलाई बलियो बनाउन अघि बढिरहेको छ । थप बारुती सुरुङहरु बिछ्याउँदै, रणनीतिक सडकलाई सुदृढ पारी ट्याङ्क विरोधी अवरोधहरू जस्तो देखिने, सियोलको सेनाले भन्यो ।

मङ्गलबार पनि क्रसिङ जुन–९ मा अघिल्लो पटक भएको जस्तै–दुर्घटना भएको जनाउदै जेसीएसले करिब २० देखि ३० उत्तर कोरियाली सैनिकहरूले सैन्यै उपकरणहरू बोकेको उल्लेख गरे । “दर्जनौँ उत्तर कोरियाली सैनिकहरूले सैन्य सीमाङ्कन रेखा पार गर्दै गर्दा चेतावनी गोली चलाइएपछि उत्तरतर्फ पछि हटेको एक जेसीएस अधिकारीले भने ।

सीमालाई सुदृढीकरण गर्ने जिम्मेवारी दिइएको उत्तर कोरियाली सैनिकको “बारम्बार बारूदी सूङग विस्फोटका घटनाहरूबाट धेरै हताहत भएता पनि उनीहरूले “लापरवाहीपूर्वक अपरेसनहरू अगाडि बढाउँदै गरेको अधिकारीले भने ।

“उत्तर कोरियाको गतिविधिहरू आन्तरिक नियन्त्रणलाई बलियो बनाउने उपाय जस्तो देखिने बताउदै जेसीएस अधिकारीले उत्तर कोरियाली सेना र उत्तर कोरियालीहरूलाई दक्षिणतर्फ जानबाट रोक्नु यसको उदाहरण भएको उल्लेख गरे ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मङ्गलबार पछि प्योङयाङ भ्रमण गर्ने तयारी सियोलमा चिन्ताको विषय बनेको छ, जसले उत्तरले आफ्नो उपग्रह कार्यक्रममा सहयोगको बदलामा युक्रेनमा प्रयोगका लागि मस्कोलाई हतियार पठाएको आरोप लगाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *