हरूले आइतबार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौँ बासिन्दालाई अपहरण गरेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन्’, काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई भने । अपहरणमा परेकाको संख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको उनले जानकारी दिए ।
‘सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरेको र १५ जना व्यक्तिको मृत्यु र दुई जना घाइते छन्’, प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ । अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए । राष्ट्रपति बोला अहमद टिनुबुले एक विज्ञप्तिमा, ‘भयानक र भयावह’ आक्रमणको निन्दा गरेका छन् ।
सशस्त्र समूहविरुद्ध अझै धेरै कारबाही गर्ने उनले बताए । भारी हतियारधारी गिरोहहरूद्वारा आतङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो । यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने गर्छन् । जाम्फारा, कात्सिना, कादुना र नाइजर राज्यहरूमा फैलिएको विशाल जङ्गलमा शिविरहरू राख्ने गिरोहहरूले पछिल्ला केही वर्षमा विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेका घटना समाचारमा आएका छन् ।




