बेइजिङ । अन्न उत्पादन र आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले चीनको खाद्य सुरक्षा कानून शनिबारदेखि लागू हुने भएको छ । सन् २०२३ डिसेम्बरमा शीर्ष व्यवस्थापिकाले पारित गरेको कानूनमा उत्पादन र भण्डारदेखि परिसंचरण–प्रशोधनलगायत आपूर्तिको सम्पूर्ण प्रक्रियालाई समेट्ने प्रावधानका ११ अध्याय समावेश छन् ।
अन्न प्रशोधनको सन्दर्भमा कानुनले उद्योग विकासलाई प्रोत्साहन र मार्गदर्शन गरी अन्न प्रशोधन उत्पादनको आपूर्ति र सुरक्षा सुनिश्चित गर्ने प्रयास प्रस्ताव गरेको छ, जसमा अन्न प्रशोधन अपरेटरले सान्दर्भिक औद्योगिक मापदण्ड पालना गर्नपर्ने व्यवस्था छ । उनीहरू उत्पादनको गुणस्तर र सुरक्षाको लागि जवाफदेही हुनुपर्ने कानूनले निर्दिष्ट गर्छ ।
चीनले खाद्य सुरक्षालाई महत्व दिई १.४ अर्ब मानिसलाई विश्वको खेतीयोग्य भूमिको नौ प्रतिशत प्रदान गरेको छ । नवनिर्मित कानूनमा कृषियोग्य भूमिको संरक्षणका प्रावधान समेत समावेश छन् ।




