काठमाडौं । विशेष अदालत काठमाडौँले विकल पौडेललाई थुनामा पठाउने आदेश दिएको छ । बुधबार विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो ।
गत जेठ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा यसअघि पनि दोषी ठहर भएका थिए । पौडेलविरुद्ध अहिलेसम्म भ्रष्ट्राचारका चारवटा मुद्धा दर्ता भइसकेकाे छ ।




