विश्व

केमिकल कारखानामा विष्फोट, आठको मृत्यु, ६० जना घाइते

नयाँदिल्ली । भारत महाराष्ट्रको ठाणे जिल्लामा एक कारखाना (फ्याक्ट्री) मा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीवार ठाणे जिल्लाको डोम्बिवलीमा रहेको एक रासायन फ्याक्ट्रीमा विष्फोट हुँदा आसपासका घरहरूमा पनि क्षति पुगेको छ ।

महाराष्ट्र सरकारका अनुसार विष्फोटका कारण भएको आगलागीका कारण अन्य ३ फ्याक्ट्रीमा पनि नोक्सानी भएको छ भने १२ वटा गाडीमा आगलागी भएको छ । १० जना कामदारहरू फ्याक्ट्रमा रहेको बोयलरमा रासायनसँग सम्बन्धित काम गरिरहँदा आगलागी भएर विष्फोट भएको बताइएको छ । घटना पछि महाराष्ट्र सरकारले मृतकका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने घोषणा गरेको छ भने घटनाबारे छानबिन हुने पनि बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *