विश्व

रुसी आक्रमणपछि खार्किभको सीमा क्षेत्रबाट सयौं मानिस विस्थापित

काठमाडौं । मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ क्षेत्रमा रुसी सीमा नजिकका क्षेत्रहरूबाट स्थानीय विस्थापित भएका छन् । सयौं मानिसलाई विस्थापित गरी सुरक्षित स्थानमा लगिएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिए ।

कूल एक हजार सात सय ७५ लाई सुरक्षित स्थानमा सारिएको र पछिल्लो २४ घण्टामा यस क्षेत्रका ३० वटा बस्तीमा रुसी आक्रमण भएको सामाजिक सञ्जालमार्फत गभर्नर ओलेगले जानकारी गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *