मुख्य समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं।नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बिहान बस्ने भएको छ। संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८:३० बजेका लागि तय गरिएको छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *