मुख्य समाचार

अमेरिका भ्रमण पूरा गरी आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएका छन् । विदेश जाँदा सग्लो पार्टी छाडेर हिँड्नु भएका यादव स्वदेश फर्किंदा दुई टुक्रा भइसकेको छ ।

कतार एयरवेजको जहाजबाट राति १ बजे उनि काठमाडौं आइपुगेका हुन् । उनलाई विमानस्थलमा स्वास्थ्य मन्त्रालयका केही कर्मचारी र जसपा कार्यकर्ताले स्वागत गरेका थिए ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका जानुभएको थियो । तर एक सातामा नेपाल फर्किँदा यादवले पार्टी विभाजन भइरहेको थियो ।

यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका अशोक राई नै पार्टी विभाजन गरेका हुन् । जसपाका १२ मध्ये ७ जना सांसद नयाँ पार्टीमा लागेका छन् । यादवको पक्षमा अब प्रतिनिधिसभामा ५ सांसद मात्र रहने छन् ।

पार्टी विभाजनको पीडाका बीच अध्यक्ष यादवले आजै संसदीय दलको बैठक बोलाएका छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका आफ्ना सबै सांसदलाई उपस्थितिका लागि भनिएको छ । आजको बैठकले पार्टी विभाजनको समीक्षा गर्ने छ ।

सत्ता सहयात्री दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कारण आफ्नो दल विभाजित भएको बुझाइ यादवको छ । उनले आजै उपप्रधान तथा स्वास्थ्यमन्त्रीको पदबाट राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने सम्भावना रहेको स्रोतको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *