विश्व

दक्षिण कोरियाको निर्यात मार्चमा सातौँ महिना पनि वृद्धि

सियोल। स्थानीयरूपमा निर्मित प्राविधिक उत्पादनहरूको बलियो मागका कारण दक्षिण कोरियाको निर्यात मात्रा लगातार साताँै महिनामा पनि बढेको केन्द्रीय बैंकको तथ्याङ्कले मङ्गलबार देखाएको छ ।

बैंक अफ कोरियाका अनुसार निर्यात मात्रा सूचकाङ्क मार्चमा एक वर्षअघिको तुलनामा शून्य दशमलव एक प्रतिशतले बढेको छ र यो वृद्धि गत वर्षको सेप्टेम्बरदेखि जारी छ ।

मात्राको सन्दर्भमा अर्धचालकसहित कम्प्युटर, इलेक्ट्रोनिक र अप्टिकल उपकरणहरूका लागि आउटबाउन्ड ढुवानी मार्चमा वार्षिक आधारमा १४ दशमलव तीन प्रतिशतले बढी लगातार आठौँ महिनामा बढ्दो प्रवृत्तिमा देखिएको छ ।

कपडा, प्राथमिक धातु उत्पादन र मेसिनरीका लागि निर्यात मात्रा दोहोरो अङ्कमा घटेको छ । गत वर्षको समान महिनाको तुलनामा मार्चमा निर्यात मूल्य सूचकाङ्क एक दशमलव एक प्रतिशतले बढेको छ ।

आयात मात्रा सूचकाङ्क मार्चमा एक वर्षअघिको तुलनामा नौ प्रतिशतले घटेको छ । औद्योगिक र उत्पादनहरूको कम मागका कारण लगातार नवौँ महिनामा गिरावटको गति कायम राखेको छ ।

आयात मूल्य सूचकाङ्क गत महिना १३ दशमलव दुई प्रतिशतले घटेर लगातार १३औँ महिनामा गिरावटको प्रवृत्ति कायम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *