मुख्य समाचार

एसईईको उत्तर पुस्तिका परीक्षणमा सहभागी शिक्षकहरू नै राजनीतिक दलको आडमा दलाली गर्दै

काठमाडौँ । राजनीतिक दलको आडमा काठमाडौँ र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षण कार्य नै ठप्प पारेका छन् । सरकारको नियमअनुसार एसइई परीक्षाको उत्तर पुस्तिका परीक्षणमा सहभागी हुन चाहने शिक्षकका लागि सूचना आह्वान गरेपछि सोही अनुसार अभिमुखीकरण तालिम लिएका शिक्षकहरूले राजनीतिक दलका आडमा दलाली कार्यलाई अगाडी बढाउनु उचित कार्य भने होइन ।

देशभरिका शिक्षकहरूले सरकारले तोकेको पारिश्रमिकका आधारमा उत्तर पुस्तिका परीक्षण गरिरहेका छन् । तर काठमाडौँ महानगरपालिका र ललितपुर केन्द्रमा यस्तो माग गर्नु शिक्षकहरूले नैतिकता बाहिर गएर दलाली बढाउनु कसरी उचित कार्य हुन सक्छ ?

नेपाल सरकारले इच्छुक विषय शिक्षहरुले उत्तर पुस्तिका चेक गर्न आवेदन दिन सूचना जारी गरेपछि आइतबार ललितपुर र सोमबार काठमाडौंका शिक्षकहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । इच्छुक भएर आवेदन दिएर कोटा ओगटेर पछि राजनीतिक दलको आडमा शिक्षकले यस्तो गतिविधि गर्नुले शिक्षा क्षेत्रमा नकारात्मक असर परेको छ ।

मङ्गलवारबाट पुस्तिका जाँच गर्ने कार्य सुरु हुनुपर्नेमा प्रमुख तीन दल निकटका शिक्षक सङ्गठनले एक विज्ञप्ति जारी गर्दै पारिश्रमिक नबढाएसम्म उत्तर पुस्तिका परीक्षण गर्न नसक्ने बताएका छन् । तालिम लिएर कापी जाँच हुनुपर्ने ठाउँमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, अखिल नेपाल शिक्षक सङ्गठन र प्रधान र प्रगतिशील शिक्षक सङ्गठन विज्ञप्ति निकालेर पारिश्रमिक नबढाएसम्म उत्तर पुस्तिका परीक्षण गर्न नसक्ने घोषणा गरे ।

कक्षा १२ को उत्तर पुस्तिका परीक्षणका लागि दिइने समान अर्थात् ९प्रतिउत्तर पुस्तिका० ३० रुपैयाँ पाउनुपर्ने उनीहरूको माग छ । हाल एसईईको उत्तर पुस्तिका परीक्षणको २४ र सम्परीक्षणको ६ रुपैयाँ पारिश्रमिक तोकिएको छ । नवनियुक्त शिक्षामन्त्रीले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइरहेको बेलामा उनलाई अप्ठेरो पार्न दलनिकट सङ्गठनले यस्तो अडान लिएको अनुमान गर्न थालिएको छ । शिक्षकहरूले यस्ता किसिमका गतिविधि बढाएर शैक्षिक प्रणालीमा नकारात्मक असर पार्ने काम गर्नु उचित हुँदैन ।

उनीहरूले पहिला नै सरकारले खुलाएको आवेदनमा फर्म भर्नु हुँदैन थियो । यदि सोही पारिश्रमिकमा उत्तर पुस्तिका परीक्षण गर्न नसक्ने भए । तर पहिला एक निर्णय र पछि अर्को निर्णय गर्ने परिपाटीले शिक्षा क्षेत्रमा सङ्कट पैदा हुने गर्छ । त्यसैले कुनै पनि शिक्षकले सङ्गठनमा आबद्ध भएर विद्यार्थीको भविष्यलाई अन्योलमा पार्ने काम गर्नु हुँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *