देश

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर,८ जनाले पाए सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका निलम्बित महाप्रबन्धक सुनिल पौडेल दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबावु श्रेष्ठले उनलाई दोषी ठहर गरेका हुन् । पौडेललाई सजार्य निर्धारण गर्न वैशाख २५ मा पेशी तोकिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा पौडेलले राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न भनेर सफ्टवेर र हार्डवेयर खरिद गरेको तर सञ्चालनमा नल्याएर भ्रष्टाचार गरेको विशेष अदालतले निष्कर्ष निकालेको छ । उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उपनिर्देशक पदमा कार्यरत थिए । २३ करोड २७ लाख ५८ हजार तिरेर खरिद गरिएको सफ्टवेयर सञ्चालनमा नल्याएर रकम दुरुपयोग गरेको विशेष अदालत जनाएकाे छ ।

संजय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर ओली, रामशरण गायक, सफल श्रेष्ठ र मधु कुमार मरासिनी सहित ८ जनाले सोही मुद्धामा सफाइ पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *