विश्व

गर्मीले फिलिपिन्सका विद्यालय बन्द

मनिला।फिलिपिन्सको राजधानी मनिलाका दर्जनौं विद्यालयहरूमा मंगलबार अत्यधिक गर्मीका कारण पठनपाठन बन्द गरिएको त्यहाँका शिक्षा अधिकारीले जानकारी दिएका छन् ।

महानगरमा मंगलबार ४२ डिग्री सेल्सियस र बुधबार ४३ डिग्री सेल्सियसको स्तर पुग्ने अपेक्षा गरिएको राज्यको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ ।मंगलबार मनिलाको उच्चतम् तापमान ३४ डिग्री सेल्सियस रहने अनुमान गरिएको थियो ।

स्थानीय अधिकारीहरूले सहरको सबैभन्दा बढी जनसङ्ख्या भएको क्विजोनका प्राथमिक र माध्यमिक विद्यालयहरूलाई बन्द गर्न आदेश दिएको र अन्य क्षेत्रका विद्यालयहरूलाई दूर शिक्षामा सार्ने विकल्प दिएको बताएका छन् ।

केही विद्यालयहरूले दिनको सबैभन्दा तातोबाट बच्न कक्षाको समय छोटो पारेका थिए ।

मौसम पूर्वानुमान विभागले ४२–५१ डिग्री सेल्सियस तापक्रमले फिलिपिनीहरूमा शरीरमा मान्सपेशीहरु दुख्ने समस्या हुने र यो समस्या ४२–५१ डिग्री सेल्सियसको तापक्रमबाट सुरू हुने जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *