मुख्य समाचार

माओवादीको पदाधिकारी बैठक बस्दै, उपाध्यक्ष महरा पक्राउका बारेमा छलफल हुने

काठमाडौं। आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे पछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८ बजेदेखि सुरू हुनेछ ।

बैठकमा समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने तथा पदाधिकारीदेखि केन्द्रीय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।

महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ ।

महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *